मोरङ l विराटनगर महानगरपालिका–७ शनिमन्दिरस्थित सोही महानगरपालिका–५ जामुनगाछी बस्ने शिबु सरकारले संचालन गरेको पसलबाट १ थान ल्यापटप, ५० थान ओप्पो कम्पनीको मोबाइल समेत गरी करिब १५ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको धनमाल शनिबार राति चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।