शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पटाका बरामद

मंगलबार, कार्तिक ९ २०७८

नवलपरासी पश्चिम l प्रतापपुर गाउँपालिका–३ सोमनीबाट करिब १ लाख ३० हजार रूपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । 

ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकलमा ल्याउदै गरेका उक्त पटाकाहरु सोही स्थानमा छोडेर मोटरसाइकल सहित मानिस फरार भएपश्चात प्रहरीले उक्त पटाकाहरु बरामद गरेको हो ।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।