बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा आज पनि उछाल, ७८ अंकले बढ्दा सबै सुचक हरियो

मंगलबार, कार्तिक ९ २०७८

काठमाडौँ l साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्सेमा उछाल आएको छ । नेप्से आज ७८ दसमलव ८२ अंकले बढेर २७ सय ५१ दसमलव सात अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दसमलव पाँच अंकले बढेर पाँच सय १६ दसमलव सात अंकमा चढेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको ७२ हजार नौ सय ७३ पटकको कारोवारमा एक करोड १४ लाख ८६ हजार एक सय २३ कित्ता सेयर किनबेच भएकाछन भने आज कुल कारोवार रकम छ अर्ब ३१ करोड ८३ लाख ४० हजार नौ सय ३२ रुपैयाँ पुगेको छ । 

१३ वटा समुहहरुको कारोवार हुंदा आज १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहकको सुचक ४५ दसमलव एक अंकले बढेर १८ सय ८८ दसमलव २९ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय ३६ दसमलव ६६ अंकले बढेर २५ सय ७१ दसमलव ७६ अंकमा चढेको छ ।

यसबाहेक बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा माउन्टेन हाईड्रो नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साना किसान बिकास लघुबित्त बित्तीय संस्था परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने कामना सेवा बिकास बैंक पहिलो स्थानमा परेको छ ।