शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्र बैंकको निर्देशन नमान्ने ५ फाइनान्स कार्वाहिमा

सोमबार, कार्तिक ८ २०७८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिपन्न बर्गमा कर्जा प्रदान नगर्ने कर्जा पुँजी निक्षेप अनुपातसँगै अनिबार्य नगद मौज्दात कायम नगर्ने ५ वटा फाइनान्स कम्पनीलाई कार्वाहि गरेको छ ।

ललितपुर फाइनान्सले पहिलो , दोस्रो र तेस्रो त्रैमासमा राष्ट्र बैंकले तोकेबमोजिम बिपन्न बर्गमा कर्जा प्रदान नगरेकाले २० लाख ५६ हजार र कर्जा पुँजी निक्षेप अनुपात कायम नगरेकाले ६४ हजार रुपैयाँ कार्वाहि गरेको छ ।

त्यसैगरि सिटि एक्सप्रेस र जानकी  फाइनान्स पनि बिपन्न बर्गमा कर्जा प्रदान नगरेकाले कार्वाहि गरिएको राष्ट्र बैंकले जनाएको छ  ।

त्यसैगरि समृद्धि फाइनान्स र गुडवील फाइनान्सले  प्रथम त्रैमासमा कायम गर्नुपर्ने अनिबार्य नगद मौज्दात कायम नगरेकाले कार्वाहि गरिएको छ ।