शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित, पाकिस्तान समूह २ को शिर्ष स्थानमा

सोमबार, कार्तिक ८ २०७८

काठमाडौं । दुबईमा जारी आईसीसी टी–ट्वान्टी  विश्वकप क्रिकेटमा इण्डिया विरुद्ध पाकिस्तानले शानदार जित हासिल गरेको छ। उसले चिरप्रतिद्वन्द्वी इण्डियालाई १० विकेटले पराजित गरेको छ।

पाकिस्तानका लागि ओपनर तथा कप्तान बाबर अजाम र मोहम्मद रिजवान नै पर्याप्त भए । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इण्डियाले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य लिएर मैदान उत्रिएको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इण्डियाका लागि कप्तान बिराट कोहलीले ५७ तथा रिसब पन्तले ३९ रन जोडेपछि इण्डियाले पाकिस्तान सामु जितका लागि एक सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ । यस अघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन ।  

जितसँगै पाकिस्तानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ । पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ ।

उपाधि दाबेदार मानिएको भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।