शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पाँच अर्ब ६० करोड रुपैयाँँको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

सोमबार, कार्तिक ८ २०७८

काठमाडौँ l भोलि सोमबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्ममा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यसअघि यही कार्तिक एक गते पनि राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरिएको थियो । 

भोलि बिक्री हुने ट्रेजरीको जारी मिति भने कार्तिक नौ गते तोकिएको छ । उक्त ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन ।

राष्ट्र बैंकका अनुसार बिक्री गरिने उक्त ट्रेजरी मध्ये ९१ दिने अवधिको तीन अर्ब ६० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ रहेकोमा ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ माघ ११ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ कार्तिक आठ गते तोकिएको छ ।