शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

लम्बियो आचार्यको सत्ता, प्रदेशसभा बैठक स्थगित

आइतबार, कार्तिक ७ २०७८

काठमाडौँ । प्रदेश–१ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मको लागि स्थगित भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गरेर बैठक स्थगित भएको जनाएका हुन् ।

कात्तिक ९ गते पार्टीको पालिका अधिवेशन, १० र ११ गते स्थायी कमिटीको बैठक तथा १२ र १३ गते पार्टीको केन्द्रीय कमिटीको बैठक भएकाले प्रदेश सभाको बैठक कात्तिक १५ गते मात्रै सञ्चालन गर्न एमालेले आग्रह गरेको थियो ।

नेपाली कांग्रेसले पनि प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश–१ मा भएका कारण प्रदेशसभा बैठक रोक्न निवेदन दिएको थियो ।

कांग्रेस र एमालेले विभिन्न कारण देखाएर प्रदेशसभा बैठब स्थगित गर्न माग गरेको भए पनि मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पद लम्ब्याउन र कांग्रेसले मुख्यमन्त्रीमा आफ्ना् भाग खोज्नका लागि बैठक स्थगित गर्न खोजेको नेताहरुले बताएका छन् ।