शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विष्फोटनमा परी २ जना घाइते

आइतबार, कार्तिक ७ २०७८

सुर्खेत l वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक बनमा शनिबार बिहान वेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा सोही नगरपालिका–७ डेरा गरी बस्ने दैलेख गुराँस गाउँपालिका–६ जहरेमाझ घर भएकी २१ वर्षीया लिला नेपाली र उनकै भाइ १४ वर्षीय नरेश परियार घाइते भएका छन् ।

प्रत्येक शनिबार सर्वसाधारणका लागि खोल्ने गरेको उक्त बनमा घाँस काटीरहेको अवस्थामा एक्कासि विस्फोट हुँदा घाइते भएका उनीहरुलाई उपचारको लागि देउती नर्सिङ होम सुर्खेत लगिएको छ । घाइतेमध्ये लिलाको अवस्था सामान्य र नरेशको बोल्न सक्ने रहेको छ ।

नेपाली सेनासँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।