शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमालेका कति वडामा अधिवेशन सम्पन्न भए ,अब कति वडा बाँकी ?

आइतबार, कार्तिक ७ २०७८

 

काठमाडौँ ।  नेकपा एमालेले  देशभरका ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ  ।  कार्यालय सचिव शेरबहादुर तामाङले  बाढी, पहिरोका कारण केही जिल्लाका वडा अधिवेश रोकिएपनि ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न भएको बताएका छन् ।

तामाङका अनुसार प्रारम्भिक रिपोर्टका आधारमा ६ हजार हाराहारी वडाको अधिवेशन शान्तिपूर्णरुपमा सम्पन्न भएको हो ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप हिजो पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् ।

उपमहानगरपालिकाका वडामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाको वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुने विधानमा उल्लेख छ ।  

तामाङका अनुसार बाँकी रहेका करिब साढे ७ सय जति वडाको अधिवेशन यहि हप्तामा सम्पन्न हुने छ ।

मुलुकमा ६ हजार ७ सय ४३ वडा छन् ।  देशैभरिका वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट एक साथ गरेका थिए ।

एमालेले कात्तिक ९ गते आगामी मंगलबार पालिका अधिवेशन गर्ने बताएको छ । नेपालमा ७ सय ५३ स्थानीय निकाय छन् ।  

एमालेले आगामी महिनाको १० गतेदेखि १३ गतेसम्म चितवनमा १० औं  राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।