शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बलात्कार गरेको ८ वर्षपछि प्रहरीको फन्दामा

शुक्रबार, कार्तिक ५ २०७८

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ   
काभ्रेपलाञ्चोक l जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय रामहरी महतलाई  बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत ललितपुरको २०७० भदौ २६ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरेको हो । 

उनलाई  फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।