शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, कार्तिक ५ २०७८

काठमाडौँ l बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार महोत्तरी भगाहा गा.पा. वडा नं. ३ स्थायी वतन भई जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ८ सिपाडोल बस्ने रामनाथ सिंहलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो । 

सिआईबीका अनुसार सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ बैशाख १० गते प्रभु बैंक लिमिटेड, शाखा कार्यालय भक्तपुरको चेक काटी दिएको कसूरलाई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट २०७७ माघ २० गते प्रतिवादी रामनाथ सिंहको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना हुने फैसला भएकोमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले निज प्रतिबादीलाई कमलपोखरी, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज बिहिबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको जानकारी दिएको छ ।