काठमाडौँ l लगातार घटेको नेप्सेले साताको चौथो कारोवार दिन आज बुधबार भने छलाङ मारेको छ । नेप्से आज ६० दसमलव ५६ अंकले बढेर २५ सय ७१ दसमलव ६६ अंकमा चढेकोमा सेन्सिटिभ पनि १२ दसमलव नौ अंकले बढेर चार सय ८४ दसमलव पाँच अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय १७ वटा कम्पनीहरुकहो ३४ हजार छ सय ४४ पटकको कारोवारमा ६१ लाख एक हजार चार सय १४ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुल सेयर कारोवार रकम दुई अर्ब ६७ करोड ९० लाख २८ हजार एक सय ५५ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३२ दसमलव ६२ अंकले बढेर १८ सय छ दसमलव ४० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय आठ दसमलव ६८ अंकले बढेर २६ सय ३० दसमलव ८६ अंकमा चढेको छ ।
यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा साधना लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक परेको छ ।