काठमाडौँ l १० प्रतिसतका दरले मात्र व्याजदर निर्धारणा गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले बााणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे आज बुधबासम्ममा उक्त व्यवस्था कार्यान्वययनमा ल्याउन परिपत्र जारी गर्दे निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिईएको परिपत्रमा उल्लेख छ । यो परिपत्र अनुसार इजाजतप्राप्त बैंक तथा बित्तीय संस्थाहरुले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने व्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित व्याजदरमा बढीमा १० प्रतिसतका दरले मात्र परिवर्तन गर्न सक्नेछन ।
संस्थागत मुद्धती निक्षेप (बोलकवोल समेत) मा प्रदान गरिने अधिकतम व्याजदर सर्वसाधारणलाई मुद्धती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदर भन्दा कम्तीमा एक प्रतिसत बिन्दुले कम हुनु पर्ने छ ।
यसैगरी इजाजतपत्र प्राप्त बैंक तथा बित्तीय संस्थाले कात्र्तिक महिनाको लागि प्रकाशित भईसकेको व्याजदरमा समेत संशोधन गरी यही कात्र्तिक तीन गते अर्थात आज बुधबारभित्र आफ्नो वेभसाईट मार्फत सार्वजनिक गरी आजकै मितिबाट लागुु गर्नुपर्ने छ । यस्तो व्याजदर यही कात्र्तिक पाँच गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्ने छ ।