काठमाडौं । नेपाल सरकारले साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुलाई ५ – ५ लाख र प्रशिक्षकहरुलाई ३ -३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३- ० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।
नेपाली टोली हिजै नेपाल आइसकेको छ ।