बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माधव नेपालको नातावाद : आफ्नालाई काखा अरुलाई पाखा

सोमबार, कार्तिक १ २०७८

काठमाडौँ l सत्तारुढ नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नातावाद देखाएका छन् ।

अध्यक्ष नेपालले सहोदर कान्छा भाइ सरोजकुमार उपाध्यायलाई सोझै पार्टीको केन्द्रीय सदस्य बनाएका हुन् ।

नेकपा एमालेबाट विभाजित भई नयाँ खुलेको पार्टीमा विधि, पद्धति र मापदण्ड विना केन्द्रीय सदस्य मनोनित गरेको भनेर असन्तुष्टि समेत बढेको छ । यस्तो बेला अध्यक्ष नेपालले भाइलाई वैकल्पिक केन्द्रीय सदस्य बनाएका छन् ।

इन्जिनीयरिङ क्षेत्रमा कार्यरत रहेका सरोजलाई एस पार्टीमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ । पार्टीमा केन्द्रीय विभागको प्रमुखको जिम्मेवारीलाई ठूलो पद मानिन्छ ।

अध्यक्ष नेपालका भाइको नाम केन्द्रीय कमिटीको ३२३ औं नम्बरमा राखिएको छ । अध्यक्ष नेपालका भान्जा नितेश पौडेललाई समेत केन्द्रीय परिषद् सदस्य मनोनित गरिएको छ ।

स्व. मंगलप्रसाद उपाध्यायका ३ छोरामध्ये माधव नेपाल जेठा छोरा हुन् । माइला भाइ विनोदकुमार उपाध्यायलाई नेता नेपालले आफू प्रधानमन्त्री भएका बेला हङकङको महावाणिज्यदूत बनाइसकेका छन् ।