रौतहट l गौर नगरपालिका–५ कोईरीया टोल बस्ने १८ वर्षीय मोहमद कैपलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय जितु कुशवाहा र २२ वर्षीय सत्य कुशवाहा रहेका छन् ।
उनीहरूले पुरानो रिसिबीको कारण मोहमदलाई चक्कु प्रहार गरी घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
साथै घाइते मोहमदलाई जिल्ला सरकारी अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंजतर्फ लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।