शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ

सोमबार, कार्तिक १ २०७८

कास्की l पोखरा महानगरपालिका–१३ बाझापाटनबाट नियन्त्रित लागूऔषध १४ एम्पुल डाईजापाम, १४ एम्पुल फेनारगन, १४ एम्पुल नुर्फिन र नगद २६ हजार ५ सय रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय अर्जुन गुरुङ र ३५ वर्षीय विनोद विक रहेका छन् ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।