काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ ।
माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । फाइनल खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।
नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहँदै पहिलो पटक फाइनलमा पुगेको थियो ।
नेपालले लिग चरणमा माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले हराएको थियो भने भारतसँग १–० ले पराजित भएको थियो । बंगलादेशसँग १र१ गोलको बराबरी खेलेर फाइनल पुगेको नेपाल भारतसँग ३–० ले पराजित भएको हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कनेबारेमा निर्णय गर्ने बताएका छन् ।