काठमाडौं । चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ।
यूएईमा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।
चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६५ रन बनाउन सक्यो ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।