शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साफ च्याम्पियनसिपमा फाइनल प्रवेशका लागि नेपालले आज बंगलादेशविरुद्ध खेल्दै, कम्तिमा बराबरी खेल्नै पर्ने दबाब

बुधबार, असोज २७ २०७८

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि नेपालले आज बङ्गलादेशका सामना गर्दै छ ।   राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

मालेस्थित रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्गलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ । बंगलादेशविरुद्धको हेड टु हेड मा नेपाल निकै पछि  छ ।

नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ३  खेल बराबरीमा सकिएको छ ।

बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । 

साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो  ।  लिग तालिकामा समान ६ अङ्क भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ । साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने सङ्घारमा नेपाली टोली छ ।

अब नेपाललाई फाइनल पुग्न मात्र एक अङ्कको आवश्यकता छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलङ्कालाई ३–२ ले हराएको थियो ।
तर, नेपाल भारतसँग भने  १–० ले पराजित भएको थियो । आज  नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।