काठमाडौँ l डिजिटल बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा सुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा “डिजिटल दक्षिणा” अभियान ल्याएको छ ।
कोरोना माहामारीले निम्त्याएको आफन्तजनबिचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदानमार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याईएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले व्यक्त गरेकाछन ।
यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने बिचार यसै बैंकका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले व्यक्त गरेकाछन ।
यस अभियान अन्तर्गत बडा दशैंमा पाँच दिन (विजयादशमी देखि कोजाग्रत पूर्णिमा सम्म), तिहारमा तीन दिन (लक्ष्मीपुजादेखि भाईटिका सम्म) तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोवाईल बैंकिङ एपमा भएको डिजिटल दक्षिणामार्फत गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवाशुल्क, क्यास ब्याक मार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्नेछ ।
कोभिड–१९ को यस विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य र सावधानीका उपायहरुको पालना गर्दै सुरक्षित किसिमले दशैं मनाउनु नै आजको अवाश्यकता ठानी आफ्ना ग्राहकवर्गलाई कुमारी बैंकले उक्त सुविधा प्रदान गर्ने भएको हो ।
आफ्नो स्थापनाकालदेखि नै बैंकिंग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दे अघि बढेको कुमारी बैंकले हाल आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दे आइरहेको छ ।
आगामी दिनमा आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता बैकले जनाएको छ । लक बेटा ईन्डोनेसिया, थाइल्यान्ड र मेलेसियामा फाइन्ड एक्सथ्री प्रो फाइभजी मार्फत उपलब्ध गराएको छ ।
यस पश्चात क्रमशः अन्य देश तथा थप उपकरणहरुमा सन् २०२१ र २०२२मा उपलब्ध गराउँदै लैजाने ओपोको योजना रहेको छ । ११० मोडल्स र १५० मिलियन प्रयोगकर्ताका लागि कलरओएस १२ उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको जानकारी दिइएको छ ।