बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन नेप्सेले स्पष्टिकरण माग्यो ३ वटा ब्रोकरसँग ?

मंगलबार, असोज २६ २०७८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ३ वटा ब्रोकरसँग ७ दिने स्पष्टिकरण मागेको छ । नेप्सेले सुमेरु सेक्युरिटीज पब्लिक लिमिटेड, त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड र नासा सेक्युरिटीज कम्पनी लिमिटेडसँग ७ दिने स्पष्टिकरण मागेको हो ।

सुमेरु सेक्युरिटीज पब्लिक लिमिटेडले ग्राहकले प्रदान गरेको गलत विवरण रुजु नगरी प्रविष्ट गरेको, त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेडले ग्राहक स्वयमले व्यक्तिगत पहिचान विवरणबाट नेप्सेको TMS मा प्रविष्टि गरेको र सदस्य दलालको युजरबाट उक्त विवरण प्रमाणित गर्ने क्रममा दृष्टिभ्रम हुन गई अभिलेख हुन गएको व्यहोराको पत्र प्राप्त भएको नेप्सेले जनाएको छ ।

यस्तै नासा सेक्युरिटीज कम्पनी लिमिटेडले ग्राहक पहिचान फारमबाट ग्राहक विवरण TMS मा प्रविष्ट गर्ने क्रममा सो कार्यमा संलग्न कर्मचारीबाट मानविय त्रुटि हुनगई बाजेको नाम प्रविष्ट गनुपर्ने ठाउँमा भुलबस ग्राहकको आमाको नाम तथा जन्म मिति प्रविष्ट गर्दा अन्यथा हुन गएको तथा हाल त्रुटि थाहा हुने बित्तिकै सच्चाएको व्यहोरको पत्र प्राप्त भएको नेप्सेले जनाएको छ ।

त्यसैले, नेप्सेले सुमेरु सेक्युरिटीजलाइ धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम (२) बमोजिम किन कारवाही नगर्नेरु सो को ७ (सात कार्य दिन) भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न अनुरोध गरेको छ ।