काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।
यसअघि कम्पनीले ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो।
संशोधित लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रु. २० अर्ब रहेको छ ।
कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले सोही पूँजीको आधारमा गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
