शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नबिल बैंकले ल्यायो “नयाँ लुगा” नामको संन्देश मूलक दशैं भिडियो 

सोमबार, असोज २५ २०७८

काठमाडौँ l नबिल बैंकले गतवर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नयाँ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँ भिडियो नेपालीहरुको महान चाड दसैँ मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो । 

भडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउदछ, दसैँमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैँ किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनि खुशीको लागि उनी रातभरी हिंडेर गाउ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । 

घर पुग्दा छोरी, आमा अनि छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गा“उमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।  

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आÏनो परिवारसंग भेटि सुरक्षित साथखुशी साटासाट गर्यौं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्ने छ भन्ने अपेक्षा लिएको छ ।