काठमाडौं । सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत इन्द्रचौतारी चोकमा हिजो साँझ मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि रहेकी खडक नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको मृत्यु भएको हो।
दुर्घटनामा गम्भिर घाइते भएकी खातुनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मोटरसाइकल चालक मृतकका पति ३२ वर्षीय कुदरुस र ५ वर्षीय छोरा घाइते भएका छन् ।
घाइते दुवै जनाको उपचार भइरहेको छ ।