शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

धनुषामा आमाले दुई छोराको हत्या गरेर किन गरिन आत्महत्या ?

शनिबार, असोज २३ २०७८

काठमाडौं । धनुषामा एक आमाले  दुई छोराको हत्या गरेर आफैले पनि आत्महत्या गरेकी छन् ।

नगराइन नगरपालिका ४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।  

उनका अनुसार  दुवै छोराको हत्यापछि गुडियाले पनि आत्महत्या गरेकी हुन् । घटना भएको बेला गुडियाका श्रीमान गुरुदेव घर बाहिर थिए । घरमा कोही नभएको बेला चर्को स्वरमा स्पिकर बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

१० वर्ष अगाडि  गुडिया र गुरुदेवले भागेर प्रेम  विवाह गरेका थिए ।  

गुडियाका आमाबुवाले विवाह अस्वीकार गर्दै आएका थिए ।  घटनाको कारण अझै खुलेको छैन ।