शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हिमालयन बैंकको सर्वाधिक लाभांश घोसणा, बोनस कति ?

शनिबार, असोज २३ २०७८

काठमाडौँ l हिमालयन बैंक लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई २६ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ।

बैंकको असोज २० गते बसेको सञ्चालक समितिको ४१२ औं बैठकले आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश   प्रदान गर्ने निर्णय गरेको हो।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त लाभांश दिने बैंकको संचालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्रै लागू हुने छ।

बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्षयताकै उच्च रहेको छ।