शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रामकुमारी झाँक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय !

शुक्रबार, असोज २२ २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । समाजवादीले नेता विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेको छ ।

स्वास्थ्यका लागि प्रस्ताव गरिएकी नेतृ रामकुमारी झाँक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीका लागि सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठ तथा शहरी विकासमा प्रेम आलेलाई सिफारिस गरिएको छ ।

त्यस्तै भवानी खापुङलाई राज्यमन्त्रीमा सिफारिस गरिएको स्रोतको दाबी छ । तर, खापुङले राज्यमन्त्री अस्वीकार गरेको खबर बाहिर आएको छ ।