आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

१९ जना जुवाडे कौडा, तास सहित पक्राउ

शुक्रबार, असोज २२ २०७८

काठमाडौँ l १९ जना जुवाडे कौडा र तास सहित पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार बुधबार राती अन्दाजी २२ः३० बजेको समयमा काठमाडौ महानगरपालिका बाफल स्थित रिजु श्रेष्ठको साढे २ तल्ले पक्की घरमा केही मानिसहरु अवैधरुपमा हारजित हुने तवरले जुवा तास खेलिरहेकाछन भन्ने गोप्य सुचना प्रहरीमा आएको थियो ।

सोही आधारमा सो स्थानमा वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज वोहरा समेतको टोली खटी गई १९ जना भेला जम्मा भई जुवातास खेलिरहेको अवस्थामा फेलापारी १९ जनालाई नै नियन्त्रणमा लिई वृत्त कालिमाटीवाट थप अनुसन्धान भईरहेको ।

उनीहरुको साथबाट दुई लाख ८६ हजार ६५ रुपैयाँ नगद, सात बुक तास, रातो क्विन १२ थान, सेतो १८ थान ,कालो ३२ थान निलो ६१ थान गरी जम्मा क्विन १२३ बरामद भएको छ ।

यसैगरी ३३ थान कौडा, कालो सेतो तन्ना एक थान, बिभिन्न कम्पनीका २८ थान मोबाईलहरु, अमिर लामा वाईवाको नाउंको चेक बुक थान –१, संयम कन्ट्रक्सनको नाउंमा काटिएको २४ हजार रुपैयाँको चेक थान –१, एस एण्ड एस निर्माण सेवाको नाउंमा काटिएको २४ हजार रुपैयाँको चेक थान –१ समेत बरामद भएको ।

हेर्दा निम्न बमोजिमको नगद तथा जिन्सी धानमालहरु बरामद गरी १९ जना निम्न मानिसहरु समेत नियन्त्रणमा लिई आवस्यक कारबाहीको लागि दाखिला गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।