काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई २ – शून्य गोल अन्तरले पराजित गरेको छ । मालेको राष्ट्रिय स्टेडियममा गएराति बङ्गलादेशलाई २– ० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।
माल्दिभ्सको जितमा हाम्जा मोहम्मद र अलि अस्फाकले एकरएक गोल गरे । खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २–० को जित दिलाएका हुन्
जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा माल्दिभ्स नेपालसँग १- ० ले पराजित भएको थियो । बंगलादेशको यो पहिलो हार हो ।
यस अघि बंगलादेशले एक जित र एक बराबरीको नतिजा निकालेको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नेपाल शिर्ष स्थानमा कायमै छ ।
हिजो भएको पहिलो खेलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।