शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

इपीएलमा आज दोस्रो क्वालिफायर खेल हुदै, भैरहवा र पोखरा भिड्ने

बिहिबार, असोज २१ २०७८

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा  दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ ।

भैरहवा इलिमिनेटरमा काठमाण्डौ किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएको थियो । तर, प्रतियोगिताको नियम अनुसार पोखराले फाइनल प्रवेशका लागि पुनः क्वालिफायर खेल्ने मौका पाएको हो ।