काठमाडौँ l दशैं नजिकिंदै गर्दा नेप्सेमा उछाल आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पनि ६८ दसमलव ४७ अंकले बढेर २६ सय ८१ दसमलव १० अंकमा पुग्दा सेन्सिटिभ पनि १२ दसमलव ७२ अंकले बढेर पाँच सय चार दसमलव ७३ अंकमा चढेको छ ।
आज दुई सय २७ वटा कम्पनीहरुको ५५ हजार तीन सय ८५ पटकको कारोवारमा ८१ लाख ८९ हजार आठ सय ९० कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम चार अर्ब ५० करोड छ लाख ५८ हजार एक सय ४२ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर नेप्सेमा हरियाली छाएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव २३ अंकले बढेर १८ सय ७८ दसमलव ५५ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ९२ दसमलव ५८ अंकले बढेर २७ सय ९५ दसमलव तीन अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा किसान लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रैराङ हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने सिटिजन्स बैंक इन्टरनेशन लिमिटेड पहिलो स्थानमा परेको छ ।