पर्वत l कुश्मा नगरपालिका–४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा मोदी गाउँपालिका–५ बाझुङ बस्ने ४२ वर्षीय हरि बहादुर खत्री सहित ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ४६ हजार १ सय ३० रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।