शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ    

मंगलबार, असोज १९ २०७८

सुर्खेत l गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कडेल लगायत १५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ । 

उक्त कटेजमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ र १ बुक तास  सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।