काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आजबाट माल्दिभ्समा सुरु हुँदैछ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्र सहभागी हुदै छन् । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
आज पहिलो दिन दुई खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् भने दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे हुदैछ ।
राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षकले साफ च्याम्पियनशीपको फाइनलमा पुग्ने मुख्य उद्देश्य रहने बताएका छन् ।
कप्तान किरण लिम्बुले जस्तोसुकै चुनौती पार गर्ने मनसायले खेल्न लागेको बताएका छन् ।
कप्तान लिम्बुले हालसम्म प्रतियोगितामा फाइनल नपुग्ने एकमात्र टोली नेपालले सबै खेल जित्नुपर्ने अवस्था रहेकोले तयार भएर आफुहरु माले आइपुगेको बताए ।
