काठमाडौँ l नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेकपा एकीकृत भएको अवस्थामा आफै पार्टीका नेता केपी शर्मा ओलीले अचानक संसद विघटन गर्दा आफू आत्महत्या गर्ने सोंचसम्म बनाएको बताएका छन् ।
बिहिबार आयोजित अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले निकै भावुक हुदै ओलीले संसद विघटन गर्दा आफुलाई आत्महत्या गर्ने सोंचसम्म बनाएका हुन् l
उनले भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्रशेखर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रान्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आत्महत्या गरेको कहानी सुनाउंदै यस्तो बताएका हुन् ।