शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नबिल बैंक दोस्रो पटक एडिबीको “नेपालमा लिडिङ पार्टनर बैंक” अवार्डबाट सम्मानित

बिहिबार, असोज १४ २०७८

काठमाडौँ l नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक (एडिबी) को ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ ।

सोही अवार्ड नबिल बैंकले गतवर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दे यापारलाई हौशला दिने उदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिलगर्न देशहरूलाई सशक्त पार्दछ । 

एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसंग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो  । 

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दे आएको नबिल बैंकको १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिलले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दे आएको छ ।