शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

महन्थ ठाकुरलाई झड्का दिदै यी नेताले गरे एमाले प्रवेश

बिहिबार, असोज १४ २०७८

काठमाडौँ l पार्टीभित्र विवाद चर्किएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएर नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन गरेका अध्यक्ष महन्थ ठाकुरलाई केही हप्तामै झड्का लागेको छ ।

बिहीबार राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेका छन्। उनले लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यसहित सबै पदबाट राजीनामा दिएको उल्लेख गरेका हुन्।

उनले राजीनामा–पत्रमा लेखेका छन्, ‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु।’

लेखी नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन्।