बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा देखियो हरियाली : ५ अर्बको कारोबार, ५० अंकको वृद्धि

बुधबार, असोज १३ २०७८

काठमाडौँ l नेप्सेमा हरियाली देखिएको छ । अघिल्ला दिनहरुमा लगातार घटेको नेप्से आज बुधबार भने ५० दसमलव ५८ अंकले बढेर दुई हजार छ सय ६५ दसमलव ९३ अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दसमलव ५८ अंकले बढेर पाँच सय तीन दसमलव ४६ अंकमा चढेको छ ।

दुई सय २९ वटा कम्पनीह्रुको ६३ हजार नौ सय १६ पटकको कारोवारमा ९८ लाख ९४ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल सेयर कारोवार रकम पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।  

आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक बढेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव २९ अंकले बढेर १८ सय ९० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय १७ दसमलव ३४ अंकले बढेर दुई हजार नौ सय एक दसमलव १५ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि एक सय सात दसमलव ४७ अंकले बढेर दुई हजार तीन सय १२ दसमलव २५ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मेगा बैंक परेको छ । यसैगरी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने भने पहिलो स्थानमा अपी पावर लिमिटेड परेको छ ।