शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एनएमबिको मुद्धती निक्षेपमा ९ दसमलव ५२ प्रतिसतको आकर्षक योजना

बुधबार, असोज १३ २०७८

काठमाडौँ l हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ ।

नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई  मुद्धतीमा नौ दसमलव ५२ प्रतिसत बार्षिक ब्याजदर ( शुन्य दसमलव पाँच प्रिमियम सहित) प्रदान गर्नेछ । 

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । भिडियो केवाईसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।  बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।