काठमाडौँ l तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई आम चुनावमा एमालेबाट हराएका कृष्णकुमार श्रेष्ठ (किसान) मन्त्री बन्ने सम्भावना छ। तर, उनीसँगै भवानी खापुङको नाम पनि आएका कारण नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अप्ठ्यारो परेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइएका ६ जनाको लिस्टमा किसानको नाम अटेको छैन। माधव नेपालले किसानलाई मन्त्री बनाउनका लागि ७ मन्त्रालयको दाबी गरेका छन्। तर, देउवा मानिरहेका छैनन्।
किसान एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद हुन्। उनलाई जसपाका सांसद डा. सुरेन्द्र यादव अपहरण गरेको भनी आलोचना गरिएको थियो। तर, एमाले विभाजनका क्रममा मन्त्रीका लागि नै किसान माधवकुमार नेपालको पक्षमा उभिएका थिए।
‘प्रेम आलेको मन्त्री बन्ने चान्स छ, किसानको नाम अहिलेसम्म सुनिएको छैन। तर, उनकै लागि मन्त्रीको संख्या थप गर्न माधव नेपालले बार्गेनिङ गरिरहेका छन्’, प्रधानमन्त्री देउवा निकट स्रोतले भन्यो,‘तर प्रधानमन्त्री त्यसमा तयार हुनुहुन्न।’
किसान एमालेमा युवा नेता महेश बस्नेतसँग नजिक रहेको मानिन्थे। ओलीका पालामा बारम्बार मन्त्री हुने कोशिश गर्दा पनि नभएपछि एमाले विभाजनका बेला माधव नेपालतिर सोही लोभममा उनी पुगेका हुन्।
यसबीचमा मन्त्री बनाउनका लागि अपिल गर्दै किसान त प्रधानमन्त्री देउवालाई भेट गर्न पनि पुगेका थिए। तर, त्यो आरोपलाई किसानले स्वीकार गरेका छैनन्।