शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

महान चाड दशैंमा कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

मंगलबार, असोज १२ २०७८

काठमाडौँ l नेपालीहरुको  महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग  विशेष छुट सम्बन्धि सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गतेदेखि असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् । 

सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिसत अथवा दुई हजार रुपैयाँसम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिसत अथवा २५ सय रुपैयाँसम्मको छुट पाउनेछन् ।

सो सहमति पश्चात् कुमारी बैंकका डेबिट, क्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झट बिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन । यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागि डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।

बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।