शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

इपीएलमा आज काठमाडौं र पोखरा भिड्दै, वर्षाले हिजोको खेल स्थगित

मंगलबार, असोज १२ २०७८

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तरगत आज काठमाण्डौंले पोखरा राइनोजविरुद्ध प्रतिस्पर्धा गर्ने खेलतालिका छ । 
काठमाडौं र पोखराबीचको खेल मध्यान्ह सवा  १२ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्ने योजनामा  छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

सोमबारका दुवै खेल वर्षाका कारण हुन सकेनन् । भैरहवा ग्लाडियटर्सविरुद्ध चितवन टाइगर तथा विराटनगर वारियर्सविरुद्ध काठमाण्डौं किंग्स इलाभेन भिडने तालिका थियो ।

कीर्तिपुर क्रिकेट मैदानमा  दुई दिनदेखि वर्षाले खेल रोकिएका छन् ।