रुपन्देही l बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने क्रममा लडेर दाङ लमही नगरपालिका–९ वनभुटानी बस्ने ३० वर्षीय किसन चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ ।
उक्त गरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै खसेर घाइते भएका बाँके कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने २५ वर्षीय गोबिन्द प्रसाद थारुको सोही अस्पतालमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।