शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कतिले बढ्यो सुनको मूल्य ?

सोमबार, असोज ११ २०७८

काठमाडौँ l नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज सोमबार तोलाका ३०० रूपैयाँ बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ बढेको छ । आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।