शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

संसद बैठक बस्दै, चालु अधिवेशन अन्त्यको तयारी

सोमबार, असोज ११ २०७८

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची  छ ।

संसदको चालु नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुखको भूमिकामा प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ । एमालेको अवरोध र नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट प्रतिस्थापन विधेयक पारित भएको थियो ।

सत्ता गठबन्धनको मूख्य गाँठोकोरुपमा रहेको अध्यादेश फिर्ता लिन संसद अधिवेशन अन्त्य गर्नु पर्ने अवस्थामा सरकार पुगेको छ ।  सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

अध्यादेश फिर्ता नलिंदा गठबन्धनको घटक जनता समाजवादी पार्टी फेरि विभाजित हुने खतरा देखिएपछि अध्यादेश फिर्ता लिने सहमति बनेको हो ।

त्यसका लागि संसदको चालु अधिवेशन अन्त्य गर्नुपर्ने भएकाले आज रातिसम्ममा अधिवेशन अन्त्य गर्ने संभावना पनि बढेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका आज बस्ने वैठकबाट बजेट सम्बन्धि विधेयकहरु सवै पारित गर्ने र अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ ।