आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

१७ केजी अवैध लागूऔषध गाँजा सहित १ जना पक्राउ

सोमबार, असोज ११ २०७८

मोरङ l बिराटनगर महानगरपालिका–१४ जतुवा बस्ने २५  बर्षीया आरती देवी यादवलाई १७ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।