आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

सोमबार, असोज ११ २०७८

काठमाडौँ l गोकर्णेश्वेर नगरपालिका–८ बेशीगाउँ भेनसमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका ५४ वर्षीय धनकाजी तामाङको कोठामा तास खेलिरहेको अवस्थामा पाँच जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार २ सय २५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।