शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईतबार लगानीकर्ताको रोजाइमा कामना सेवा विकास बैंक

आइतबार, असोज १० २०७८

काठमाडौं । गत शुक्रबार कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको  सञ्चित नाफाबाट लाभांश घोषणा गरेको छ ।

आइतबार लाभांश घोषणा गरेसँगै सर्वाधिक  रू. १० करोड २१ लाख ९१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।  

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०४ मा कारोबार भएको छ । कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश गरेर कुल १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।