आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बुढानीलकण्ठ वडाकार्यालयको शौचायलयमा एक पुरुषको शव भेटियो

आइतबार, असोज १० २०७८

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका– ८स्थित  गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्षिय एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।

उनका अनुसार शवको परिचय खुल्न सकेको छैन ।

लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।   शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।